दफा
भन्सार सेवा दस्तुर
निकासी वा: पैठारी हुने मालवस्तुको प्रति प्रज्ञापनपत्रमा निकासी बापत एक सय रुपैयाँ र पैठारी बापत पाँच सय रुपैयाँ भन्सार सेवा दस्तुर लगाइने र असुल गरिनेछ।
तर निकासी महसुल लाग्ने मालवस्तु, कूटनीतिक तथा महसुल सुविधामा निकासी वा पैठारी हुने मालवस्तु तथा महसुल तिरी अस्थायी पैठारी हुने मालवस्तु, हवाईमार्गबाट यात्रुले आफूसँगै लैजाने मालवस्तु र पाँच हजार रुपैयाँसम्म मूल्यको निकासी वा पैठारी हुने मालवस्तुमा भन्सार सेवा दस्तुर लाग्ने छैन।